नायिका कला राई स्थापित हुनेमा ढुक्क

चलचित्र मुर्चुङगाबाट नेपाली चलचित्रमा डेब्यू गरेकि नायिका कला राई एक सम्भावना बोकेकि नायिका हुन् । पहिलो चलचित्र प्रर्दशन नै नभइ अर्को चलचित्रमा उनि यतिबेला ब्यस्त छिन् । मुर्चुङगा प्रदर्शन नै नभइ उनको दोश्रो चलचित्र आरुषि यतिबेला छायांकनको अन्तिम चरणमा छ । आरुषि पछि अर्को चलचित्रमा उनि अनुबन्ध भइसकेकि छिन् । सोलुखुम्बुमा जन्मिएका कला चलचित्र आरुषिमा शिर्ष भुमिका निर्बाह गरिरहेकि छिन् । लभस्टोरी जनरामा निर्माण भैरहेको चलचित्र आरुषिमा उनि इशक राईसंग स्कृन शेयर गरेकि छिन् ।

कलाकारितालाई नै आफ्नो भबिष्य ठानी फिल्म क्षेत्रमा प्रवेश गरेकी कलाको कामको सुटिङ यूनिटमा चर्चा बढ्दै गएको छ । चलचित्रका निर्मातामध्ये एक सहारा प्रधान कला को काम ले चलचित्रको उचाइ बढाउने बताउछन् भने निर्देशक उदय सुब्बा कलामा अभिनय क्षमता धेरै रहेको बताउछन् । चलचित्र आरुषि बाट धेरै आशा राखेको बताउदै नायीका राइले यो फिल्मले आफूलाइ नेपाली रजतपटमा स्थापित गराउने बिश्वास व्यक्त गरेकि छिन् ।

उदय सुब्बा निर्दे्शित चलचित्र आरुषिलाइ बिरु गुरुङ, सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्रका गीतमा कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । निर्देशक उदय सुब्बाका अनुसार चलचित्र नयाँ बर्षको अवसरमा प्रदर्शन हुनेछ ।









