माघ १८ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘गोपी’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘लक्ष्मी कहिले काली’ गीत र ट्रेलरले फिल्मको मज्जाको चर्चा भैरहेको अबस्थामा ‘तेरो आफ्नो’ बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द र कल्याण सिंहको संगीत छ । बिपिन कार्की प्रस्तुत भएको भिडियोले मन छुन्छ । फिल्ममा विपिनको अपोजिटमा अभिनेत्री द्वय बर्षा राउत र सुरक्षा पन्त छन् । यसमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली लगायतका कलाकारहरुको पनि अभिनय छ । आरोही केसी निर्माता रहेको फिल्ममा श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा छन् ।

सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको उक्त फिल्मलाई शैलेन्द्र डि. कार्किले खिचेका हुन् । कोरियोग्राफरको रुपमा गोविन्द राई छन् । नीजि व्यवसाय गर्ने एक युवामा आइपर्ने पारिवारिक, सामाजिक समस्याको वरिपरी फिल्मको कथा घुम्छ ।

For More videos Log on to Mazzako TV