शंकरको फिल्ममा केदार ?
नृत्य निर्देशक शंकर वीसीले नयाँ सिनेमा बनाउन लागेका छन् । उनले बनाउन लागेको नयाँ सिनेमाको नाम फाइनल गरिएको छैन । तर, उनी यतिबेला कथामा काम गरिरहेका छन् । बीसीले आफूलाई अपडेट गराउनका लागि भएपनि सिनेमा निर्माणमा होमिन लागेको बताएका छन् ।

शंकर वीसीले बनाउन लागेको नयाँ सिनेमालाई हाँस्य जनरामा बनाउने बताइएको छ । शंकरले कलाकार केदार घिमिरेसँग काम गर्ने बिषयमा कुरा भएपनि सहमति भैनसकेको बताएका छन् । बीसीले चाडै नै सिनेमाको छायांकन सुरु हुने बताए ।
शंकर वीसीले हजारौ म्यूजिक भिडियो र सयौ नेपाली फिल्मका गीतमा कोरियोग्राफी गरेका छन् । अब भने उनी सिनेमा निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
For More videos Log on to Mazzako TV