हेल्लो जिन्दगीमा अदिती
अभिनेत्री अदिती वुढाथोकी नयाँ सिनेमाका लागि अनुवन्धित भएकी छिन् । अदिती वुढाथोकीले काम गर्न लागेको नयाँ फिल्मको नाम हेल्लो जिन्दगी हो । हेल्लो जिन्दगीलाई एभरेष्ट सूर्य बोहराले निर्देशन गर्दैछन् । उनले बनाएको ठूली र भैरे फिल्म असफल भएका थिए ।

सिनेमा हेल्लो जिन्दगीलाई लभ स्टोरी र पारिवारिक कथामा निर्माण गरिनेछ । अदितीसँग केहि दिन अघि मात्र उनले संझौता गरेका हुन् । यो सिनेमाका लागि अन्य कलाकार फाइनल भएका छैनन् । अन्य कलाकार फाइनल गरेर यूके र नेपालमा यो सिनेमाको छायांकन गरिनेछ । अहिले यो सिनेमाको कथा पनि फाइनल गर्ने काम भैरहेको छ ।
For More videos Log on to Mazzako TV







