नेपाली फिल्म ‘सयकडा दश’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । रामशरण पाठक निर्देशित फिल्ममा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने लगायतको अभिनय छ । मनोज गजुरेलको यस फिल्म मार्फत ठुलो पर्दामा डेब्यु भएको छ ।

फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् । माघ १८ मा फिल्म रिलिज हुँदैछ । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । फिल्मका रामेश्वर कार्की छायाँकार हुन् ।

बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् ।

For More videos Log on to Mazzako TV