अभिनेता अनमोल केसी र नव अभिनेत्री उकुसा गिरीको मुख्य भूमिका रहने बताइएको फिल्म ब्याचर बन्टीको छायांकन अन्यौलमा छ । यो सिनेमालाई मिलन चाम्सले निर्देशन गर्दैछन् । सिनेमामा अनमोल केसी र उकुसा गिरी दुबैलाई फाइनल गरिएको थियो ।

तर, अभिनेता अनमोल केसीले समय दिन नसक्दा मिलन चाम्स र निर्माता सुदिप खड्का नै अन्यौलमा छन् । मिलनले अहिले सिनेमा विर विक्रम २ को छायांकन गरिरहेका छन् भने उनले सिनेमा बोबी २ को पनि घोषणा गरिसकेका छन् । मिलन अब अनमोल र आफ्नो समय नमिलेसम्म सिनेमाको छायांकन नहुने बताउँछन् । यसैले पनि ब्याचर बन्टी बन्नेमा अन्यौलता देखिएको छ ।

For More videos Log on to Mazzako TV