दर्शकले नविर्सिएको भन्दै खुशी निरुता
अभिनेत्री निरुता सिंहले आफूलाई दर्शकले नविर्सिएको भन्दै खुशी व्यक्त गरेकी छिन् । निरुताले नाई नभन्नु ल ५ सिनेमामा काम गरिसकेकी छिन् भने दाल भात तरकारी सिनेमामा अहिले काम गरिरहेकी छिन् । अब उनी हजार जुनी सम्म फिल्ममा पनि काम गर्दैछिन् ।

८ बर्ष नेपाली फिल्ममा आएर पनि दर्शकले आफूलाई नविर्सिएको भन्दै निरुताले खुशी जनाएकी छिन् । अहिलेको जेनेरेशनले त आफूलाई चिन्दैन जस्तो लागेको उनको भनाई छ । तर बाटोमा हिड्दा पनि निरुता दिदी भनेर साना भाई बहिनीले भनेको सुन्दा आफूलाई खुशी लागेको र त्यही मायाको कारण आज आफू यहाँ भएको उनले बताएकी छिन् ।
निरुताले राम्रो भूमिका आएको खण्डमा मात्र फिल्ममा काम गर्ने र कमब्याकको अर्थ राख्ने बताएकी हुन् ।








