अभिनेत्री आँचल शर्मा र अभिनेता पुष्पल खड्काको जोडीलाई दर्शकले पहिलो पटक फिल्म दाल भात तरकारीमा देख्दैछन् । यो सिनेमाको हाल धमाधम गीतको छायांकन भैरहेको छ । फिल्ममा समावेश भिजिट भीसामा बोलको गीतमा यसका मुख्य कलाकारलाई फिचर गरिएको छ ।

शम्भुजित बास्कोटाले तयार पारेको गीतमा अभिनेता पुष्पल खड्का र अभिनेत्री आँचल शर्मालाई देख्न सकिन्छ । सिनेमाको यो गीतमा कलाकार हरिवंश आचार्य, अभिनेत्री आँचल शर्मा, बर्षा राउत, कलाकार राजाराम पौडेललाई पनि देख्न सकिन्छ । किरण केसीको लगानीमा तयार भैरहेको सिनेमालाई सुदन केसीले निर्देशन गरिरहेका छन् ।

सिनेमाको अब एउटा गीत र २ दृश्य मात्र बाँकी छ । गीत निकै नै इनरजेटिक भएको भन्दै अभिनेत्री शर्माले काम गर्न रमाइलो भएको बताइन् । कविराज गहतराजले गीतको भिडियोमा कोरियोग्राफी गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV