बोबी २ : बाँकी कथा निर्माण हुने, उमेशको कथालाई समेटिने

मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ को सफतता पछि ‘बोबी २’ निर्माण हुने भएको । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि रियल स्टोरी र रियल जोडीको फिल्म ‘बोबी’ को बाकी छुटेका घटनाक्रमलाई ‘बोबी २’ निर्माण गरिने बताइयो । फिल्ममा रियल जोडी उमेश थापा र कविता गुरुङको प्रेम कथालाई पटकथा बनाउने काम सञ्चारकर्मी नरेश भट्टराईले गरेका थिए ।

प्रेम प्राप्तिको लागि गरिएको संघर्ष, त्याग र त्यसपछीको सफलतालाई दर्शकले रिलेट गरे । ‘वर्ड अफ माउथ’ को कारण फिल्म सफल साबित भएके थियोे । बाकी कथालाई ‘बोबी २’ मा समेटिने निर्देशक चाम्सले बताए । आउदो चैत्रको दोस्रो साताबाट फिल्म फ्लोमा जानेछ भने छायाँकन नर्वेबाट सुरु हुनेछ ।

फिल्ममा विशेष त उमेशले सफलता पाउन गरेको संघर्षलाई देखाइने बताएको छ । उमेश किताब लेख्ने सोचमा पनि थिए तर उनको बाँकी कथा भने फिल्ममा नै आउने भएको हो । ‘हामीलाई जसरि दर्शकले माया गर्नु भएको छ, धेरैले बाँकी कथाको बारेमा सोध्नु हुन्छ त्यसैले हामीले सिक्वेल बनाउने घोषणा गर्दैछौ’ उमेशले फिल्मको घोषणा गर्नु कारण बताए । फिल्ममा सुदिप बरालको छायाँकन र बनिश शाहको सम्पादन रहेनछ ।











