अभिनेत्री ऋचा शर्मा र निर्देशक तथा अभिनेता अर्पण थापाविच प्रेम भएको कुरा नौलो भएन । ऋचा र अर्पणले धेरै फिल्ममा सहकार्य पनि गरेका छन् । तर, अर्पणले निर्देशन गर्न लागेको नयाँ सिनेमा घरमा भने ऋचा छैनन् । ऋचा नहुने भएपछि अर्पण थापा र उनीविच सम्बन्ध टुटेको त होइन भन्ने चर्चा चल्नु ठूलो कुरा पनि होइन ।

अभिनेता अर्पण थापाले यो बिषयमा मुख खोलेका छन् । उनले सबै सिनेमामा सहकार्य गर्नैपर्छ भन्न पनि नभएको बताए । एउटा सिनेमामा काम नगर्ने वित्तिकै सहकार्य नै टुट्यो भन्नु पनि गलत भएको उनले बताए ।

ऋचासँग मिलेरै सुनकेशरी २ बनाउने बताएका अर्पणले अब घर बनाउनतर्फ लागेका छन् । सिने बजारमा ऋचा र अर्पणको ब्रेकअप भएको चर्चा पनि छ ।

For More videos Log on to Mazzako TV