अभिनेत्री वेनिशा हमालले नयाँ फिल्ममा काम गर्ने पक्का भएको छ । उनले काम गर्न लागेको नयाँ फिल्मको नाम टुल्की हो । टुल्की नारीप्रधान सिनेमा हो । यो सिनेमालाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् । सिनेमामा वेनिशा हमाललाई मात्र फाइनल गरिएको छ ।

अरु कलाकारको खोजी पनि गरिएको छ । बेनिशा हमालले यो सिनेमाका लागि वर्कआउट पनि गरिरहेकी छिन् । यो सिनेमाले बहुपति प्रथाको कथालाई देखाउन लागेको छ ।

सिनेमा भित्र टुल्कीका ५ वटा श्रीमान् हुनेछन् । सिनेमाको छायांकन माघको १५ गतेबाट सुरु हुँदैछ । टुल्कीले आफ्नो अभिनयलाई नयाँ उचाइमा लैजाने विश्वास वेनिशाको छ ।

For More videos Log on to Mazzako TV