अभिनेत्री विनिता बरालले अमेरिकामा इन्गेजमेन्ट गरेकी छिन् । उनी २ बर्षदेखि अमेरिकामा नै रहँदै आएका तिलक पौडेलसँग प्रेममा थिइन् । नेपालमा चपली हाइट जस्तो सिनेमा खेलेर चर्चा कमाएकी विनिता यसपछि असफल भइन् । यसपछि उनी तरकारी खेतीमा लागेकी थिइन् ।

तरकारी खेती गर्दा गर्दै अमेरिकामा पुगेकी विनिताले उतै घरजम गर्ने सोच बनाएकी हुन् । तिलक अमेरिकामा नै रहेर फिजिक्समा पीएचडी गर्दैछन् । विनिताले पनि एमबीएको पढाई सकेर काम गर्न थालेकी छिन् ।

उनीहरुले जुलाइमा बिहे गर्ने योजना रहेको सुनाएका छन् । नेपाली फिल्ममा असफल हुँदै गएपछि अभिनेत्रीहरु विदेश हानिएर उतै बिहे गरेर बसेको देखिन्छ ।

For More videos Log on to Mazzako TV