निर्माता माधव वाग्लेले चंगाचेट हलमा उत्रिएको यत्रो दिन भैसक्दा पनि आफूले सिनेमाको शेयर नपाएको बताएका छन् । चलचित्र निर्माता संघ र चलचित्र संघविच भएको सहमती अनुसार मल्टिप्लेक्सले हरेक हप्ता निर्मातालाई रकम दिनुपर्ने र सिंगल हलले सिनेमा उत्रिएको २ साता भित्रमा पैसा भुक्तानी गरिसक्नुपर्ने उल्लेख छ ।

तर, यो कुरा उल्लेख भएपनि आफूले पैसा नपाएको र आधा हलबाट मात्र पैसा पाएको उनले बताएका छन् । राजधानीका हलमा बक्स अफिस लागू भएपनि त्यसको हिसाबकिताब आफूलाई सिनेमा रिलिज हुँदा नआएको उनले बताएका छन् ।

माधव वाग्लेले मात्र होइन, धेरै निर्माताले बक्स अफिस लागू भएपनि हिसाब नपाएको गुनासो गरिरहेका छन् ।

For More videos Log on to Mazzako TV