नेपाली फिल्म ‘गोपी’ टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार-प्रसारलाई प्रभावकारी बनाउन विभिन्न उपायहरु अपनाइरहेको छ । यसबीच फिल्मले कविता प्रतियोगीताको कन्सेप्ट अघी ल्याएको छ । निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउने बताइएको छ ।

प्रतियोगितामा भाग लिन उमेरको कुनै हदबन्दी हुने छैन । सहभागीले फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।’ सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् ।

आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । ‘गोपी’ आगामी माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा सामिप्यराज तिमल्सेनाको पटकथा र शैलेन्द्र डि कार्कीको छायांकन छ ।

निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV