बन्ने भयो हरर कथामा घर
अर्पण थापाको कथा, निर्देशन तथा अभिनयमा फिल्म घर बन्ने भएको छ । आज काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा हरर कथामा फिल्म बन्न लागेको बताइएको हो । एउटा घरमा हुने घटनालाई हरर शैलीमा बनाउन लागेको अभिनेता तथा निर्देशक अर्पणले बताएका छन् ।

अर्पणले सुनकेशरी सिनेमा पनि हरर बनाएका थिए, तर त्यो असफल भएको थियो । यो सिनेमालाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । शर्मिला लभ लभ लभ सिनेमा निर्माण गरेर फिल्म क्षेत्रमा आएकी थिइन् । सिनेमाका लागि २ अभिनेत्रीको खोजी भैरहेको छ ।
राम्रो काम गर्न सक्नेले सम्पर्क गर्न सक्ने शर्मिलाले बताइन् । डीएस डिजिटलको ब्यानरमा यो सिनेमा बन्न लागेको हो । सिनेमाको छायांकन माघबाट सुरु हुँदैछ ।
For More videos Log on to Mazzako TV







