राजधानीमा पोष्टर टाँस्न नपाइने
काठमाण्डौ महानगरपालिकाले अब शहरका भित्तामा फिल्मका पोष्टर टाँस्न नपाइने नियम ल्याएको छ । शहरलाई सुन्दर देखाउनका लागि अबदेखि पोष्टर तथा कुनै पनि कुरा टाँस्न नपाइने नियम ल्याइएको हो । यसैले पनि अब नेपाली फिल्मका निर्माताले सिनेमाको प्रचारका लागि भित्तामा पोष्टर टाँस्न नपाउने भएका छन् ।

चलचित्र निर्माता संघले पोष्टर नटाँस्न निर्माताहरुलाई सचेत गराएको छ । उसले महानगरपालिकासँग नयाँ शैलीको बारेमा छलफल भैरहेको बताएको छ ।
केही दिन अगाडि एउटा सिनेमाको पोष्टर टाँस्दै गर्दा महानगरपालिकाले पक्राउ गरेको थियो ।

निर्माता संघले विजुलीका पोलमा पोष्टर टाँस्न पाउने अनुमती दिन महानगरपालिकासँग कुरा भैरहेको बताएको छ ।
नेपाली फिल्मको पोष्टर सिनेमा हेर्नका लागि हलसम्म दर्शक तान्ने राम्रो माध्यम हुन् । अब, यो विकल्प नरहेपछि निर्माताले नयाँ विकल्पको बारेमा सोच्नुपर्ने भएको छ ।