चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीत मा अम्बिका शर्माको शब्द रहेको छ भने अर्जुन पोखरेलको स्वर र संगीत छ । अर्जुनलाई गायकीमा गायिका दुर्गा खरेलले साथ दिएकी छिन् । यो गीतको भिडियोमा चलचित्रका नायक मनिष श्रेष्ठ र कलाकार सुमी मोक्तानलाई नचाइएको छ ।

गीतको भिडियोमा चलचित्रकी नव–नायिका निरिशा बस्नेतलाई पनि स्थान दिइएको छ । चलचित्रमा मनिष र निरिशाको साथमा सन्नी सिंह, नम्रता श्रष्ठ, प्रकाश अधिकारी, कृष्णभक्त महर्जन, रोशनी केसीको मुख्य भूमिका छ । चलचित्रमा कथा, पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको छ । चलचित्रलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्रले यूवापुस्ताको प्रेमको साथमा राष्ट्रियताको पनि वोध गराउने निर्माणपक्षले बताएको छ ।

सार्वजनिक गीतको भिडियोमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । चलचित्रमा अर्जुन जीसीको सम्पादन, बसन्तघर्ती मगरको भीएफएक्स छ । रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजीमालीको लगानी छ ।

For More videos Log on to Mazzako TV