अनुपको ‘पुरानो बुलेट’ लुक्स
क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्म ‘पुरानो बुलेट’ चैत्र १ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्मका नायक अनुपविक्रम शाही फरक लुक्समा आउने भएपछि निर्माण पक्षले शाहीको फस्ट लुक्स सार्वजानिक गरेको हो ।

पत्रकार भीषण राईद्वारा निर्देशित फिल्म ‘पुरानो बुलेट’मा अनुप गाउँले युवाको भूमिकामा छन् । कानमा ठूलो कुन्डल, लामो कपाल, हातमा पन्जा, बेगी पेन्ट र डिङ्गो बुट र हिड्डुल गर्दा भने उनको साथमा पुरानो बुलेट छुट्ने छैन ।

एक्स्ट्रा लुक्सकै कारण पुरानो बुलेट फिल्मले दर्शकको माया पाउनेमा अनुप ढुक्क छन् । ‘अन्य फिल्म भन्दा यस फिल्ममा मेरो गेटअप फरक छ ।’ अनुपले भने–‘मेरो फरक लुक्स सँगै मेरो क्यारेक्टर पनि अन्य फिल्ममा भन्दा फरक छ त्यसैले यस चलचित्रबाट मैले धेरै आशा गरेको छु ।’
फिल्मकम अनुपसंगै वर्षा शिवाकोटी, माला लिम्बु, शिव मुखिया, कृष्णभक्त महर्जन, कविता आले, शिरोमणि दवाडी, बारत लिम्बु, बादल श्रेष्ठ, करण धिताल, लक्षणा राई मात्रिका पौडेल लगायतको अभिनय रहेको छ । पूर्वको रमणीय स्थलहरुमा हरि घले लामाले खिचेको यस फिल्मका निर्माण नियन्त्रण याम वलीले सम्हालेका थिए ।

निर्देशक भीषण र कार्यकारी निर्माता सन्तोष राईको कथा रहेको यस चलचित्रलाई अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बुले संयुक्त रुमा निर्माण गरेका हुन् ।









