अभिनेता निखिल उप्रेतीको स्टारडमको कुरा अहिले पनि हुन्छ । अहिले चकलेटी हिरोहरुको राज छ । तर, पनि निखिलको स्टारडमको चर्चाले बजार सुस्ताएको छैन । निखिल उप्रेतीले राम्रो सिनेमा खेलिदिने हो भने दर्शकले अहिले पनि उनलाई पत्याएका छन् । तर, अभिनेता उप्रेतीको फिल्म गराइको शैली हेर्दा उनी आफ्नो डेब्यू सिनेमाको शैलीमै छन् ।

निखिलले अभिनय गरेको पछिल्लो सिनेमा भिलेनको ट्रेलरमा यही नै गन्ध आउँछ । जहाँ , उनले आफूले सधै निभाएको भूमिकामा नै सिमित छन् । उनले यसअघि नै निभाएको भूमिका जहाँ उनी प्रेमका लागि लड्छन्, गाउँको जमिन्दारलाई लडाउँछन् । निखिल आफैले बनाउन लागेको फिल्म कमिटमेन्ट सिक्स्टी आवर्स’को पनि छायांकन रोकिएको छ । अब, यो सिनेमा नबन्ने वुझिएको छ ।

निखिल उप्रेतीले नयाँ सिनेमा साइन त गरेका छैनन् । तर, भूमिका परिवर्तन गर्न नसकेको खण्डमा उनलाई पनि अभिनेता विराज भट्टलाई जस्तै गाह्रो पर्ने देखिएको छ ।

For More videos Log on to Mazzako TV