अभिनेत्री नम्रता सापकोटाले सकिदै गरेको सन् २०१८ बाट के कुरा सिकिन् होला ? नम्रता सापकोटाले सिकेको कुरा रोचक छ । सन् २०१८ सकिदै गर्दा नम्रताले सबै जनालाई विश्वास नगर्ने बताएकी छिन् । उनको कुरा अनुसार, यो बर्ष उनले धेरैबाट नराम्रोसँग धोका पाएको हुनुपर्छ ।

यसैले उनी सबैलाई विश्वास नगर्ने बताउँदैछिन् । अर्को त झनै रोचक छ । उनले नजिकका साथीभाइसँग पैसाको कारोबार पनि नगर्ने बताएकी छिन् । पैसाको कारोबार गर्दा, सधै उनीहरुकै समस्या ठूलो हुने र पैसा फिर्ता नआउने समस्याबाट उनी पनि पिडित बनेको देखिएको छ ।

नम्रताले यो संसार स्वार्थी रहेको बताउँदै नयाँ बर्षबाट नजिकका साथीभाइसँग पैसाको कारोबार नगर्ने उल्लेख गरेकी छिन् । जे भएपनि सन् २०१८ फिल्मी करिअरका लागि सुखद नभएपनि नम्रताले व्यक्तिगत रुपमा २ वटा राम्रो कुरा सिकेकी रहिछन् ।
.

For More videos Log on to Mazzako TV