‘अनागत’ को गीत, प्रियंकाको स्वर (भिडियो)
फिल्म ‘अनागत’ पहिलो गीत सार्वजनिक भएको छ । माघ ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनान आउँने फिल्मको निर्माण भने २ वर्ष अगाडि नै भएको हो । सार्वजनिक ‘कसलाई पोखुँ’ बोलको गीतमा फिल्मका लिड कलाकार प्रियंका कार्की र अर्पण थापा प्रस्तुत छन् ।

गीतमा श्रीमान श्रीमतीबीच घर व्यवहारमा उब्जिने मानसिक द्वन्द्वलाई प्रस्तुत गरिएको छ । गीतमा नायिका प्रियंका सुरज शाही ठकुरीको स्वर सुन्न सकिन्छ । गायक सुरज र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरजकै संगीत हो ।
साम्तेन भुटिया निर्देशित फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदी पनि मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।
फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।