सारालाई राम्रो फिल्म कसले देला ?
राम्रो ब्यानर नपर्दा आफू हिट हुन नसकेको र आफूलाई दर्शकले नचिनेको गुनासो अभिनेत्री सारा सिर्पालीको थियो । सारा सिर्पालीले ३ वटा सिनेमा खेलिन् र ३ वटै सिनेमा बक्स अफिसमा चलेनन् । रुद्र, पिजडा ब्याक अगेन र सुश्री सम्पत्तीबाट उनी पछारिइन् ।

उनलाई पछिल्लो आशा सुश्री सम्पत्तीबाट थियो । तर, यो सिनेमा चल्न त चलेन नै । यो भन्दा पनि मुख्य कुरा, सारा सिर्पालीको भूमिकाको आलोचना भयो । उनले यो फिल्ममा साह्रै फितलो भूमिकामा काम गरेकी थिइन् । यसैले सारा सिर्पालीले भने जस्तै अब उनलाई राम्रो ब्यानर र राम्रो कलाकारको साथ चाहिएको छ ।
जसलेगर्दा उनी दर्शकमाझ आउन आवश्यक छ । सारा सिर्पालीको सुन्दरताको चर्चा खुबै भयो । तर, उनको कामको चर्चा हुन सकेन । सारालाई अब कसले फिल्म देला, जसले उनको इच्छा पुरा गरोस् ।








