अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ पूर्व प्रेमी प्रेमिका रहेको खबर आइसकेको छ । यो जोडीले २ बर्ष अघि नै एक अर्कासँग अलग हुने निर्णय गरेको थियो । यो जोडी अलग भएको खबर आइरहँदा यी दुइले एउटै सिनेमा खेल्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ ।

निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा बन्न लागेको आई एम ट्वान्टी वान सिनेमामा जसितालाई अफर गरिएको छ । धिरज यो सिनेमाको मुख्य हिरो हुन् पक्का भैसकेको छ । धिरज हिरो हुँदा जसिताले काम गर्छिन् या गर्दिनन् भन्ने चर्चा पनि छ । यो विचमा लण्डनमा आयोजना भएको फिल्म इन्टु मिन्टु लण्डनमाको शोमा धिरज र जसिता एकैसाथ देखिएका छन् ।

यो जोडी एकसाथ देखिनु पक्कै पनि यी दुइले काम गर्न लागेको कुरालाई बल मिल्नु हो । रेनशा धिरज र जसिताको जोडी डिमाण्डेड भएकाले पनि एकै फ्रेममा काम गराउनका लागि लालयित छिन् । यस्तो अवस्थामा यी दुइ एकैसाथ देखिनुले फिल्ममा काम गर्दैछन् भन्ने कुरामा त बल मिल्ने नै भयो ।

For More videos Log on to Mazzako TV