मिस नेपाल वल्र्ड बनेकी श्रृङ्खला खतिवडा सबैको नजरमा परेकी सेलिब्रिटी हुन् । उनलाई सिनेमामा लिएर काम गर्दा फाइदा हुने वुझाई त हरेक निर्माताको होला पनि । तर, श्रृङ्खलाले भने सिनेमामा काम नगर्ने बताइसकेकी छिन् । उनले सिनेमा आफ्नो लागि नभएको र आफूलाई अभिनय पनि नआउने बताउँदै आएकी पनि छिन् ।

तर, फिल्म छक्का पन्जाकी निर्देशक दीपाश्री निरौलाले भने उनलाई सिनेमाका लागि अफर गरेकी छिन् । मुन्द्रेको कमेडी क्लब नामक शोमा पुगेकी खतिवडालाई दीपाले छक्का पन्जा ४ का लागि अफर गरेकी हुन् । श्रृङ्खलाले भने सिनेमामा काम नगर्ने सोच रहेको बताएकी छिन् । नेपाली फिल्ममा सबैभन्दा धेरै कमाउने सिनेमाको रुपमा नै छक्का पन्जाको ३ वटा सिरिजलाई लिइन्छ ।

तत्कालिन अवस्थामा भने छक्का पन्जा ४ बनिहाल्दैन । यसैले पनि दिपाले उनलाई अफर गरेकी छिन् । कतै हिट फिल्म र हिट ब्यानरबाट अफर आउँदा खतिवडाको मन बदलिने पो हो कि ?

For More videos Log on to Mazzako TV