फिल्म ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । फागुन १० गतेलाई रिलिज हुने फिल्ममा भारत र पाकिस्तानको युद्धमा वीर गोर्खालीले देखाएको बहादुरीलाई समेटिएको छ ।

दिनेश सिंह ठकुरी निर्देशित फिल्ममा इन्डियन आर्मीको भूमिकामा अभिनेता सुशान्त कार्की छन् । भने उनको अपोजिटमा अफ्साना थापा छिन् । फिल्मका लागि तीन महिना छायांकन नै रोकेर सुशान्तले सिक्सप्याक शरीर बनाएको बताए ।

रेशम थापाको कथा रहेको फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ज्योती फिल्मसको ब्यानरमा बनेको यस फिल्ममा चन्द्र ब.खड्का, दिपक ढकाल र राम पाण्डेले सयुक्त रुपमा लगानी गरेका छन् । यो फिल्मको यसअघि नै ’ए माया…’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

For More videos Log on to Mazzako TV