शिव थापा मगरको ‘सुन ऒइ’ भिडियो सार्वजनिक (भिडियो)
गायक शिव थापा मगरको नया गीत ‘सुन ऒइ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत लामो समयदेखी साङ्गितिक क्षेत्रमा सकृय भई आफ्नो सुमधुर आवाजले संगीत प्रेमीहरु र आफ्नो शुभचिन्तक हरु माझ नया अनि फरक किसिमको गीतहरु पस्कदै आईरहेका गायक मगर को यस गीत पनि उत्तिकै मोहक र आकर्षण रहेको छ । सार्वजनिक यस गीतमा शव्द ,संगीत र गायन गायक शिवकै रहेको छ ।

सार्वजनिक यस गीतको म्युजिक भिडियोमा मोडल तथा चर्चित भिजे सोनिका रोकाय र मोडल राज कृष्ण र निकेशको अभिनय रहेको छ। नेत्र किराँतीको निर्देशनमा तयार यस गीतको म्युजिक भिडियोमा काजिश श्रेष्ठको कोरियोग्राफि ,अजय रेग्मीको छायांकन तथा ओम प्रसाद प्रसाईंको सम्पादन रहेको छ।








