अभिनेता रमेश उप्रेतीले ऐश्वर्य सिनेमा बनाएर आफूलाई निर्माताको रुपमा पनि फिल्म क्षेत्रमा प्रवेश गराए । यो सिनेमाले आंशिक सफलता पनि पाएको थियो । यसपछि रमेशले सिनेमा बनाउने भनेर आफ्नो क्यारेक्टरका लागि भन्दै लामो दाह्री पनि पालेका थिए । तर, अहिले उनले आफ्नो दाह्री काटेका छन् ।

रमेशले दाह्री काट्नुको कारण फेरि पाल्न हो । किनकी, जुन सिनेमाका लागि उनले दाह्री पालेका थिए त्यो सिनेमाको छायांकन ढिलो सुरु हुने भयो । यसैले रमेशले फेरि पाल्न भन्दै दाह्री फाले । यतिमात्र होइन, रमेश उप्रेतीले ऐश्वर्य सिनेमाको सिक्वेल पनि बनाउने बताएका छन् । तर, यो सिनेमाको सिक्वेलका लागि कथा नपाएको उनले बताएका छन् । उनले, कथा नपाएपछि कसरी सिनेमा बनाउनु भन्दै कथा राम्रो खोजिरहेको बताए ।

रमेशले बनाउन लागेको नयाँ सिनेमाको बारेमा केही पनि कुरा खुलाइएको छैन । तर, उनले लामो दाह्री पालेकाले पनि कथामा उनको भूमिका विशेष हुने वुझ्न सकिन्छ । तर, सिनेमाको छायांकन कहिले सुरु हुन्छ पत्तो छैन ।

For More videos Log on to Mazzako TV