अभिनेता सुशान्त कार्कीको नाम नेपाली फिल्ममा चलेको छैन । सुशान्त राम्रो ब्यानरसँग जोडिन नपाउँदा अनलक्की भएका छन् । उनले मिहिनेत त गरेका छन् तर उनलाई राम्रो ब्यानर परेको छैन । सुशान्त कार्कीले अभिनय गरेको रुमालै छ चिनो फागूणको १० गतेबाट रिलिज हुने भएको छ ।

यो सिनेमामा सुशान्तले आफ्नो सिक्स प्याक्स देखाएका छन् । यस्तो शरीर देखाएर सिनेमा चल्छ भन्ने प्रश्नमा उनी आक्रोशित देखिए । उनले, नेपाली कलाकारले यत्रो मिहिनेत गरेर, समय लिएर शरीर बनाउँदा यसमा आपत्ती जनाउनु पर्ने कारण के रहेको छ भनेर उल्टै पत्रकारलाई प्रश्न सोधेका थिए ।

सुशान्तले आफूले शरीर बनाउनका लागि ३ महिना समय लिएको बताए । उनले, बलिउडका कलाकारले यसरी शरीर देखाउँदा ताली बजाउने तर नेपाली कलाकारले देखाउँदा आपत्ती जनाउनुको अर्थ नभएको पनि बताएका छन् ।

For More videos Log on to Mazzako TV