दिपकको टिम र रोहितको टिमको मिलन
निर्माता तथा कलाकार दिपकराज गिरी नेपाली फिल्ममा अहिलेका सर्वाधिक सफल कलाकार र निर्माता हुन् । ६ एकान ६ देखि छक्का पन्जा ३ सम्म आइपुग्दा उनी सर्वाधिक सफल मानिएका छन् । अब उनै दिपकराज गिरीले एक चर्चित ब्यानरसँग टाइअप गरेर सिनेमा बनाउने भएका छन् । रोहित अधिकारी फिल्मस्सँग आमा सरस्वती मुभिजको टिमअप हुन लागेको हो ।

यो सिनेमामा रोहित अधिकारी र दिपकराज गिरीको लगानी रहेनछ । जसमा दिपकराज गिरीले अभिनय गर्ने पक्का भैसकेको छ । खबर अनुसार दिपकको जोडीको रुपमा अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहसँग कुरा भैरहेको छ । फिल्मको निर्देशन कसले गर्ने भन्ने बिषयमा फाइनल कुरा भएको छैन । कलाकार दिपकराज गिरीले काम गर्ने पक्का भएको बताए ।
तर, को को कलाकार हुने भन्ने बिषयमा कुनै पनि कुरा फाइनल नभएको उनको भनाई छ । आमा सरस्वती मुभिजले सोलो रुपमा अर्को सिनेमा पनि निर्माण गर्नेछ । रोहित अधिकारीले फिल्म गाजलु निर्माण गरेर सिनेमा नगरीमा निर्माताको रुपमा प्रवेश गरेका थिए ।
For More videos Log on to Mazzako TV







