‘जानी नजानी’ को गीतको टिजर यस्तो (भिडियो)
फिल्म ‘जानी नजानी’ को गीतको टिजर सार्वजनिक भएको छ । ‘एउटीलाई मुटुमा घर’ बोलको गीत भने पौष १२ गते सार्वजनिक हुने बताइएको छ । अर्जुन पोखरेल र दुर्गा खरेलको आवाज रहेको गीतमा गायक पोखरेलकै संगीत रहेको छ । उक्त गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तान प्रस्तुत छन् । फिल्म ‘जानी नजानी’ चैत्र १ गतेलाई रलिज डेड फाइनल गरिएको छ ।

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । बसन्त अधिकारीले यहि फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।
रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।








