यहि माघ ४ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘गरुड पुराण’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै कमेडीले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मिल्मका सम्पूर्ण कलाकारलाई प्रस्तुत गरिएको छ ।

फिल्ममा नाजिर हुसेन, कर्मा, प्रविण खतिवडा, कामेश्वर चौरसिया, प्रियंका सिंह ठकुरी, लुमिना तुलाधर, बसन्ध भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतको अभिनय छ । रेनशा बान्तवा राईको कोरियोग्राफी रहेको फिल्ममा कोशिश क्षेत्रीको संगीत, कोशिश र मनिषा पोखरेलको गायन, सुशन प्रजापतिको छायांकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।
सुवास कोइराला निर्देशित फिल्मलाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको हुन् । आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवासले लेखेको फिल्मको कथा कशम नेपालको हो ।

For More videos Log on to Mazzako TV