निखिल उप्रेतीको प्रमुख भूमिका फिल्म ‘भिलेन’ को ट्रेलर सार्वजनिक भएको छ । पुष २७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्ममा निखिल को साथ मा सिल्पा पोखरेल्, निशा अधिकारि, कपिल खत्री लगाएत को प्रमुख भूमिका छ ।

द ग्लोबल पिक्चर प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माताको रुपमा रहेका छन् । राजकुमार श्रेष्ठ सह-निर्मातामा छन् ।

फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरि, लालकुमार बरालको संगीत, शुक्रराज शाहको द्वन्द्व छ ।

For More videos Log on to Mazzako TV