निर्माता अर्जुन कुमार अहिले सामाजिक संजालमा खै लेखेर मानिसमा उत्साह पैदा गर्दैछन् । दैनिक उनले खै लेखेका स्टाटस भेटिन्छन् । यसैले पनि उनले कतै खै नामक सिनेमा बनाउन लागेका हुन् कि भन्ने पनि देखिएको छ । तर, अर्जुनले खै को बारेमा भने केही पनि बताएका छैनन् ।

बरु, उनले फिल्म फाटेको जुत्ता २ बनाउने बताएका थिए । तर, हतारमा गरिएको यो निर्णय पनि यसै थन्किने देखिदैछ । बरु, अब उनले सिनेमा चपली हाइटको तेश्रो सिक्वेल बनाउने तयारीमा लागेका छन् । अर्जुनका अनुसार सिनेमाको छायांकन माघबाट सुरु हुनेछ । सिनेमाका लागि कलाकार तय गरिएको छैन ।

निर्देशक पनि तयार गरिएको छैन । तर, पनि उनी चपली हाइट ३ बन्ने बताउँछन् । यसपटक कलाकार पनि चलेका राख्ने उनको योजना छ । उनका अनुसार, चपली हाइटको २ सिरिजमा देखिएका कलाकार यसमा देखिने छैनन् ।

For More videos Log on to Mazzako TV