निर्माता गोविन्द शाहीले निर्माण गरेको सिनेमा लभ स्टेशनलाई प्रदर्शनको तनाव भएको छ । किनकी, यो सिनेमाले राम्रो डेट पाउन सकेको छैन । बल्ल बल्ल चैत्र १ गतेलाई रिलिज डेट तोकिएको थियो । तर, यो डेटमा पनि अब सिनेमा नआउने भएको छ ।

यो डेटमा क्यूएफएक्सका मालिक नकिम उद्दिनको सिनेमा द म्यान फ्रम काठमाण्डौ आउने भएपछि गोविन्दले लभ स्टेशन नसारी धरै पाएनन् । अब, यो सिनेमालाई चैत्र ८ गते ल्याउने तयारी गरिएको छ । उज्ज्वल घिमिरेको निर्देशनमा बनेको यो सिनेमामा प्रदिप खड्का र जसिता गुरुङको रोमान्स हेर्न पाइनेछ ।

सिनेमालाई फागूण १७ वा चैत्र २९ मा रिलिज गर्ने योजना पनि बनाइएको थियो । तर, यो मितिमा पहिले नै ठूला फिल्मले बुक गरिसकेका छन् । यस्तो अवस्थामा यो सिनेमालाई रिलिजको तनाव देखिएको छ ।

For More videos Log on to Mazzako TV