अब दीपकराज गिरी वितरक
निर्माता दिपकराज गिरीले वितरणमा हात हालेका छन् । उनी एफडी कम्पनीमा शेयर हालेका छन् । एफडी कम्पनीमा शेयर हालेर यो कम्पनीको सदस्य बनेसँगै दीपक अब वितरक पनि भएका छन् । फिल्म छक्का पन्जा रिलिज गर्दा हल संचालक र वितरकको चर्को दबाब र राजनीति भोगेका दीपक अब आफूलाई बलियो बनाउने कसरतमा लागेका छन् ।

यसैले पनि उनले वितरण कम्पनीमा लगानी गरेको वुझ्न सकिन्छ । दीपकलाई एफडीका अध्यक्ष नरेन्द्र महर्जन लगायत अन्य सदस्यहरुले स्वागत गरेका छन् । नेपालमा राजधानी बाहिर सिनेमा वितरणमा एफडी कम्पनी बलियो मानिन्छ ।
यसैले पनि वितरकको सिनेमालाई हलवालाहरुले पनि राम्रो स्थान दिने गरेका छन् । दिपकले फिल्म छक्का पन्जा ३ रिलिजको समयमा हल पनि खोल्ने बताउँदै आएका थिए ।
For More videos Log on to Mazzako TV







