मनिता भन्छिन्,शृंखलाको जती साथ नपाएकोमा दुखी छु
पछील्लो समय नेपालले लगालग बिभिन्न बिधामा अन्तर्राष्ट्रिय हिसाबमा राम्रो सफलता हसिल गरेको छ । थाइल्यान्डको बैंककमा आयोजना भएको ६७ औं मिस यूनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकिकी मनिता देवकोटा टप १० को छनौटमा पर्न सफल भइन ।
‘मिस यूनिभर्स २०१८’ मा भाग लिएर नेपाल फर्किए पछी काठमाडौंमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा मनिता देवकोटाले गुनासो पोखेकिकी छिन् । जसरि श्रृंखला खतिवडा लाई जिताउन जनसागर उर्लियो आफ्नो लागी त्यस्तो केहि पनि नभएकोमा उनको दुखेसो थियो । सरकार ले पनि यस्तो किसिमको प्रतिस्प्रधामा कुनै चासो नदिएको हुनाले अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी हुन गाह्रो भएको बताइन ।’

सिमित श्रोत र साधनका कारण पनि आफूलाई तयारी गर्न निकै अप्ठ्यारो भएको उनले सुनाइन् । पत्रकारसँग अनुभब साट्दै मनिता भन्छिन –‘सबैभन्दा पहिले त मसँग सवारी साधन नै थिएन । मिस यूनिभर्सका लागि पहिरनदेखि भिडियो तयार गर्न मलाई खुबै गाह्रो भयो । अर्कोतिर, ५०–६० केजी तौलको पहिरन लिएर बैंकक जान पनि निकै मुश्किल थियो । हामीसँग पर्याप्त स्पोन्सर पनि छैनन् ।’ यस्ता अफ्ट्याराका बाबजुद पनि आफू उत्कृष्ट १० मा परेको भन्दै मनिताले सारा देशले नै गर्व गर्नुपर्ने बिषय भएको बताइन् ।
For More videos Log on to Mazzako TV