अभिनेत्री जल शाहले आफ्नी आमा प्रेमा शाहको संझनामा आज राजधानीको अन्नपूर्ण होटलमा एक कार्यक्रमको आयोजना गरेकी छिन् । जलकी आमा प्रेमा शाहको गतबर्ष पौष ५ गते अमेरिकामा निधन भएको थियो । प्रेमा शाह नेपाली साहित्यमा एक चर्चित नाम हो ।

प्रेमाले लेखेका विभिन्न कृतीहरु नेपाली साहित्यमा प्रख्यात छन् । जल शाहले आयोजना गरेको कार्यक्रमा उनका श्रीमान् शरदकुमार रिमाल र उनकी छोरी कलश रिमाल उपस्थित थिए । जल शाहले आमाको बिषयमा बोल्ने क्रममा लामो वाक्य बोल्न नै सकिनन् ।

उनी बोल्ने क्रममा भक्कानिइन् । जलकी छोरी कलशले हजुरआमाको संझना गर्दै उनको बिषयमा किताब लेख्न मन लागेको बताएकी थिइन् ।

For More videos Log on to Mazzako TV