निर्णय फिर्ता नगरे कानुनी उपचार खोज्ने गोविन्दको भनाई

चलचित्र निर्माता संघले संस्थाको विधान अनुसार काम नगरेको भन्दै निर्माता गोविन्द शाहीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । गोविन्द संघको उपाध्यक्ष पदमा आवद्ध थिए । तर, संघको वैठकमा नआएको, विधान अनुसार काम नगरेको भन्दै उनलाई वर्खास्त गर्ने निर्णय गरिएको थियो ।

तर, निर्माता शाहीले भने कानुन बमोजिम उपचार खोज्ने बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै निर्माता संघले सफाइको कुनै मौका नै नदिई आफूलाई प्राकृतिक न्यायको सिद्धान्त विपरित बर्खास्त गर्ने निर्णय गरेको बताएका छन् । उनले आफू फिल्म लभ स्टेशनको निर्माणमा देश र काठमाण्डौ बाहिर रहेको समयमा आयोजित बैठकमा उपस्थित नभएको कारण देखाएर बर्खास्त गरिएकोप्रति आपत्ती जनाएका हुन् ।
निर्माता संघले गरेको निर्णयमा पूर्नविचार गरेर सम्मानपूर्वक पूर्नवहाली नगरे कानुनी उपचार खोज्ने शाहीको भनाई छ ।
For More videos Log on to Mazzako TV







