लभ स्टेशनले तोक्यो मिति
अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको सिनेमा लभ स्टेशनले आफ्नो प्रदर्शन मिति तोकेको छ । यो फिल्म अब चैत्र १ गतेबाट रिलिज हुने जानकारी दिइएको छ । उज्ज्वल घिमिरेले यो सिनेमाको निर्देशन गरेका हुन् ।

सिनेमामा अभिनेता प्रदिप खड्का म्यूजिकमा काम गर्ने यूवाको भूमिकामा देखिएका छन् । अभिनेत्री जसिताको भूमिका भने खुलाइ सकिएको छैन । यो सिनेमालाई गोविन्द शाहीले निर्माण गरेका हुन् । दार्जिलिङ, सिक्किम लगायतका स्थानमा यो सिनेमा खिचिएको हो । यो सिनेमाको चाडै नै फस्टलुक र गीत रिलिज गर्ने तयारी गरिएको छ ।

यो बर्ष रोज जस्तो असफल फिल्म दिइएकाले पनि अभिनेता खड्काका लागि यो सिनेमा बिशेष छ ।
For More videos Log on to Mazzako TV