सिनेमा न यता न उताको आज राजधानीमा ट्रेलर सार्वजनिक भएको छ । यो सिनेमाको ट्रेलरमा अभिनेत्री नम्रता सापकोटालाई पनि देखाइएको छ । उनको एक झलक दर्शकले ट्रेलरमा देख्न पाउनेछन् । तर, नम्रता सापकोटा यो फिल्मकी मुख्य कलाकार भने होइनन् ।

सिनेमामा नम्रताले आइटम नृत्य मात्र गरेकी छिन् । नम्रता सापकोटालाई दर्शकले अहिले आइटममा देख्न पाएका छन् । उनले सिनेमा शकुन्तलामा पनि आइटम नृत्य गरेकी थिइन् । सिनेमा समर लभमा नम्रताको भूमिका सहायक अभिनेत्रीको हो ।

अब उनै नम्रतालाई दर्शकले न यता न उतामा आइटम नृत्यमा देख्न पाउनेछन् । नम्रता सापकोटालाई दर्शकले पत्याएका छैनन् । यसैले उनले आफूलाई आइटममै भएपनि सिमित बनाएकी छिन् ।

For More videos Log on to Mazzako TV