नेपाली फिल्म ‘न यता न उता’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा मिराज रोश र समिर दीक्षित मुख्य भूमिकामा छन् भने ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , सिल्सा जिरेल लगायतको अभिनय रहेको छ ।। यी दुइले दिलममा लण्डनमा बस्ने नेपालीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा समीर र मिराजसँगै ऋचा शर्मा , छुल्ठिम गुरुङ, बुद्धि तामाङ , रविन्द्र झा , नम्रता सापकोटा , कमलमणि नेपाल , राजाराम पौडेल , सिल्सा जिरेल लगायतको अभिनय रहेको छ ।

कमेडी जनरमा तयार फिल्मलाई मिराज र विशारद बस्नेतले संयुक्त रुपमा निर्देशन गरेका हुन् । ‘ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बिजय अवाले, बिनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ ।

चलचित्रमा निर्देशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन रहेको छ । फिल्मको लागी संगीत राजन इशान र मिलन जलान को रहेको छ । यसमा कोरियोग्राफीको पाटो विक्रम स्वार ले सम्हालेका छन्, भने अरोन अशोक कुमारले छायाँकन हेरेका छन् ।

For More videos Log on to Mazzako TV