नेपाली फिल्ममा अन्तरंग दृश्य दिन अभिनेत्रीहरुले आनाकानी गर्छन् । २–३ बर्ष अघि त हिरोइनहरुले खुलेरै दृश्य दिएका थिए । तर, अहिले नेपाली फिल्मको कथावस्तु परिवर्तन भएसँगै हिरोइनहरुको दृश्यमा पनि फरकपन आएको छ । तर, अभिनेत्री प्रियंका कार्कीलाई भने फिल्ममा अन्तरंग दृश्य दिन आपत्ती छैन ।

आफ्नो इन्स्टाग्राममा नै उनले प्रेमी आयुष्मान देशराज जोशीसँगका हट फोटो राखेको पाइन्छ । प्रियंकाले फिल्म कथा काठमाण्डुको एउटा गीतमा दिएको हट दृश्यको ठूलो आलोचना भएको थियो । उनले दिएको यस्तो दृश्यले समाजमा विकृति ल्याउने तर्क पनि नभएको होइन । तर, उनलाई यो कुराले खासै फरक परेन । उनले दिएको दृश्यले फिल्मको व्यापारमा त्यस्तो फरकपन भने पारेन ।

उनै प्रियंकाले अन्तरंग दृश्य दिएको अर्को फिल्म अनागतको टिजर पनि सार्वजनिक भएको छ । यो सिनेमामा उनले अभिनेता अर्पण थापासँग यस्तो दृश्य दिएकी छिन् । इन्टिमेट सिन र प्रियंका कार्की त पर्यावाची नै हुन् कि भन्ने देखिन थालेको छ ।

For More videos Log on to Mazzako TV