केकीले अब प्रेम खुलाउने कि ?
अभिनेत्री केकी अधिकारीको प्रेम नेपालका संचारमाध्यममा आउँदैनन् । उनी प्रेम जीवनबाट टाढा नै रहेको पाइएको छ । तर, यसको मतलब यो होइन कि उनी प्रेममा नै छैनन् । नेपाली फिल्ममा केकी अधिकारी व्यस्त भएपनि चलिनन् । यतिसम्म कि, उनी आफैले बनाएको सिनेमाबाट त उनको आलोचना भयो ।

केकी अधिकारीलाई सिनेमाको लक नलागेको नै मान्नुपर्छ । केकी अधिकारीको अहिले गायक आर्जन पाण्डेसँग प्रेमका रहेको खबर बाहिरिसकेको छ । तर, केकी अधिकारीले आर्जनसँगको प्रेमलाई स्विकार भने गरेकी छैनन् । तर, आफ्नो जन्मदिन मनाउने क्रममा केकीले आर्जनलाई पनि बोलाइन् । केकी र आर्जनले खुलेरै जन्मदिन मनाएका थिए । केकी र आर्जनको प्रेम सम्बन्ध अब खुल्ला किताब जस्तो भैसकेको छ ।
तर, पनि उनीहरुले प्रेमलाई स्विकार गर्न अझै आनाकानी गरिरहेका छन् । केकीको अब त प्रेमी सार्वजनिक गरेर फ्यान घट्ने पनि होइनन् । यसैले प्रेम नै गरेको हो भने खुलाउन किन गाह्रो ?








