नयाँ वर्ष २०७६ को जेष्ठ १० गतेलाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘दयारानी’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै रिलिज डेट घोषणा गर्नुका साथै फस्टलुक पोस्टर सार्वजनिक गरियो ।

नायिका दीया पुनलाई शिर्ष भूमिकामा राख्दै फिल्म ‘दयारानी’को निर्माण गरिएको छ । फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेत्री दीया पुन र कलाकार विजय बरालको मुख्य भूमिका छ ।माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’ सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले सोही नाम राखिएको निर्देशक गुरुङले बताए । दयाहाङ राईको नामसंग फिल्मको नाम सम्बन्धित नरहेको गुरुङको भनाइ थियो ।
नायक दयाले फिल्मको कथावस्तु पढेपछि आफू प्रभावित भएर फिल्ममा काम गरेको बताए । शैलेन्द्रध्वज कार्कीको छायांकन, बिक्रम स्वारको कोरियोग्राफी रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV