अभिनेता दयाहाङ राइलाई आफ्नै बोली भारी पर्न थालेको छ । नजिकका साथीभाइको आग्रहलाई स्विकार गर्नुपर्ने वाध्यताले पनि दयाले बोलेको कुरा पुरा गर्न सकेका छैनन् । अभिनेता राइले अभिनय गरेका फिल्मले व्यापार गर्न नसकेपछि उनले कम फिल्म खेल्ने बताउँदै आएका छन् ।

तर, उनको रिलिज हुन लागेका र छायांकनमा जाने तयारीमा रहेका सिनेमाको संख्या हेर्दा उनको बोली उनीमाथि नै भारी देखिएको छ । दयाका रिलिज हुनका लागि तयारी अवस्थामा रहेका ५ सिनेमा छन् । उनको करिब एक हप्ताको अवधीमा ३ वटा सिनेमाको त कार्यक्रम नै भयो, जहाँ दया उपस्थित पनि भए । दयाका अनुसार उनको अझै ४ वटा फिल्मको त छायांकन नै सुरु भएको छैन ।

यसरी हेर्दा उनले अझै ९ वटा सिनेमा दर्शकमाझ ल्याउँदैछन् । दयाको यो सिनेमाको गती हेर्दा उनलाई अझै २ बर्ष किन धेरै सिनेमा खेलेको भन्ने आरोप लाग्नेछ । दयालाई साथीभाइको कुरा टार्न नसक्दा समस्या परेको देखिन्छ ।

For More videos Log on to Mazzako TV