नाजिर र शिल्पा‘कागजपत्र’को पोस्टरमा यस्तो देखिए ।
अभिनेता नाजिर हुसेन र अभिनेत्री शिल्पा मास्के को फिल्म ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमवार पोस्टर सहित प्रदर्शन मिति घोषणा गरेका छन् । फिल्म चैत ८ मा प्रदशन हुने बताइएको छ ।

पोस्टरमा नाजिर-शिल्पाको जोडीसँगै भोलाराज सापकोटा, सरिता गिरी लाई स्थान दिइएको छ । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए । अपिलले यसअघि ‘झुम्की’ निर्देशन गरेका थिए । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् ।
फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको फिल्ममा निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।
For More videos Log on to Mazzako TV