अभिनेत्री जसिता गुरुङ लिलिबिली सिनेमामा काम गरेर नेपाली फिल्ममा आएकी हुन् । यो सिनेमापछि अहिले उनले दोश्रो फिल्म लभ स्टेशनमा काम गरिरहेकी छिन् । उनले अभिनेता प्रदिप खड्काको सहमती बेगर सिनेमा नै साइन गर्दिनन् पनि भनिन्छ ।

तर, निर्देशक रेनशा वान्तवा राइले जसितालाई लिएर अभिनेता धिरज मगरको जोडी बनाउँदै सिनेमा आई एम ट्वान्टी वान बनाउन लागेको खबर छ । तर, यही विचमा एउटा खबर सार्वजनिक भएको छ । यूकेमा नै रहँदा अभिनेता धिरज र अभिनेत्री जसिताविच प्रेम रहेको खबर सार्वजनिक भएको हो । २ बर्ष अघि यी दुइ प्रेममा रहेको खबर सार्वजनिक भएसँगै रेनशाको फिल्ममा जसिताले काम गर्छिन् या गर्दिनन् भन्ने चर्चा पनि सुरु भएको छ ।

जसिता अहिले अभिनेता प्रदिप खड्काको प्रेममा रहेको खबर पनि आएको छ । धिरज र जसिताले अहिलेसम्म २ बर्ष अघिको प्रेमको बिषयमा केही पनि बोलेका छैनन् ।

For More videos Log on to Mazzako TV