अभिनेता आर्यन सिग्देलको दाह्री र जुँगा पालेको एउटा फोटो फेसबुकमा हिट थियो । यसले नेपालका संचारमाध्यममा पनि राम्रो स्थान जमाएको थियो । आर्यन सिग्देलले १२ लाखको दाह्री र जुँगा पालेको खबर पनि आएको थियो ।

तर, आर्यनले यही गेटअप भने आफ्नो फिल्म हजार जुनी सम्मको सेटमा लुकाउन खोजेका छन् । आर्यनले फेसबुकमा रिलिज गरिसकेको गेटअपलाई छायांकन स्थलमा लुकाउन खोजे । उनले संचारकर्मीलाई तस्बिर नखिच्न आग्रह पनि गरेका थिए ।

आर्यन सिग्देल होम प्रोडक्शनको ब्यानरमा बनेको सिनेमा कायरापछि बाहिरी ब्यानरको सिनेमामा काम गर्दैछन् ।

For More videos Log on to Mazzako TV