निर्देशक दीपाश्री निरौलालाई दर्शकले उनले नै निर्देशन गरेका फिल्मको गीतमा नाचेको त देखेकै हुन् । दीपाश्री निरौलाले बाहिरी ब्यानरका सिनेमामा काम नगरेपनि आफ्नै ब्यानरका सिनेमामा उनले नृत्य गर्दै आएकी थिइन् ।

तर, अब उनै दीपाश्रीले विकासराज आचार्यको निर्देशनमा बनिरहेको हजार जुनी सम्म सिनेमामा आइटम डान्स गरेकी छिन् । शर्मिला नाममा उनले भट्टीको साहुनीको रुपमा आइटम डान्स गरेकी हुन् । यो गीतको हाल धमाधम छायांकन भैरहेको छ । गीत सुनेपछि आफू आइटम गर्न तयार भएको दीपाश्री बताउँछिन् ।

सिनेमाको यो गीतमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, शिवहरि पौडेल, अक्की प्रधानलाई देख्न पाइन्छ । दीपाश्रीले आइटम गर्दा रमाइलो भएको बताइन् ।

For More videos Log on to Mazzako TV