पूजा गरेर दुई निर्देशकको फिल्म सुरु
नेपाली फिल्मका दुई निर्देशकले पूजापाठ नै गरेर आफ्नो फिल्मको सुरुवात गरेका छन् । निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गर्न लागेको फिल्म हृदयभरीको पूजा गरेका छन् । उनले, सिनेमाको छायांकन केही दिनमा सुरु गर्दैछन् । यो सिनेमाका मुख्य अभिनेता पल शाह अहिले विर विक्रम २ छायांकनका लागि मुस्ताङमा छन् ।

यसैले पनि फिल्मको छायांकन सुरु हुन सकेको छैन । तर, उनले भने सिनेमाको लागि पूजा गरेर दर्शक मेरा भगवान् हुन् भनेका छन् । यस्तै, अर्का निर्देशक विकासराज आचार्यले पनि सिनेमा हजार जुनी सम्मको छायांकन सुरु गरेका छन् । उनले पनि राजधानीको मैतिदेवी मन्दिरमा सिनेमाको सफलताको कामना गर्दै पूजा गरे ।

आजबाट यो सिनेमाको छायांकन सुरु भएको छ । दुई निर्देशकले पुजा गर्दै सुरु गरेको सिनेमाको व्यापार कस्तो होला, त्यो रिलिज भएपछि पत्ता लाग्नेछ ।
For More videos Log on to Mazzako TV